बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २६ । बिहीबार नेप्से परिसूचक ०.६२ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

Published Date: 11 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी