बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २६ । बिहीबार नेप्से परिसूचक ०.६२ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज २३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

Published Date: 11 January 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड