भारतबाट फर्केका नेपालीहरुमा कोरोना संक्रमण पुष्टि, आइसोलेसनमा बस्न सुझाव

भारतबाट फर्केका नेपालीहरुमा कोरोना संक्रमण पुष्टि, आइसोलेसनमा बस्न सुझाव : Icon Khabar

काठमाडौँ, पुस २३ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ ।

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिए ।

“भारतबाट आउनेहरुमा कोरोना संक्रमण छ-छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौं”, उनले भने, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।”हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास होममा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौं नेपाली घर फर्किरहेका छन् ।

कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना संकलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । “भेरिएन्ट एकिन गर्न ९ जनाको नमूना काठमाडौं पठाएका छौं”, उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

Published Date: 08 January 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक