भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, रोपे रुद्राक्षको बिरुवा

भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन, रोपे रुद्राक्षको बिरुवा : Icon Khabar

काठमाडौं, पुस २० । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथको दर्शन गरेका छन् ।

आज (शुक्रबार) बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन् । पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ । उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।

उनले आजै त्रिवि पुस्तकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकका लागि विदेशमन्त्री जयशंकर हिजो काठमाडौं आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग हिजै भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2024
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट