आइतबार सुनको भाउ घट्यो

आइतबार सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, पुस १५ । सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्तै तेजाबी सुनको भाउ भने १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2023
Website | + posts