बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई मुद्दा नचलाई छाडियो

बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई मुद्दा नचलाई छाडियो : Icon Khabar

काठमाडौँ, पुस १५ । बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ। भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापा जानकारी दिए। ‘मुद्दा चलाइएको छैन, सामान्य सोधपुछपछि छाएिको छ’, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी थापाले भने।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को-बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखको महाबु-६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी-१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू