नेपाल सुपर लिगको फाइनल आज : धनगढी र ललितपुर उपाधिका लागि भिड्दै

नेपाल सुपर लिगको फाइनल आज : धनगढी र ललितपुर उपाधिका लागि भिड्दै : Icon Khabar

काठमाडौं, पुस १४ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज (शनिबार) ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा दुई टोली उपाधिका लागि भिड्ने छन् ।

साविक उपविजेता धनगढी एफसी दोस्रो हुँदै प्लेअफ पुगेको थियो । पहिलो सिजन पनि धनगढी लिग चरणमा दोस्रो भएको थियो । ललितपुर भने चौथो भएर प्लेअफ पुगेको थियो । ललितपुर पहिलो पटक उपाधि नजिक पुगेको हो ।

विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सार्वेकृष्ट खेलाडी (गोल्डेन बल) ले दुई लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ) ले समान एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Published Date: 30 December 2023


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु