आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १० । आज २०८० पुस १० गते मंगलबार, तद्अनुसार २६ डिसेम्बर २०२३ । आज मार्ग पूर्णिमा, मृगशिरा नक्षत्र, विस्टी-करण, चन्द्र राशि- वृष, सूर्योदय- ६ः५२, सूर्यास्त- १७ः१५ । आज उधौली पर्व, धान्य पुर्णिमा/य:मरि पुन्हि/ज्यापु दिवस/पूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ।

आजको राशिफल

मेष: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । मेहनतको फल पाइने छ । मान–सम्मान मिल्ने छ । प्रसन्नता रहने छ ।

वृष: आशंकाका कारण कार्यको गति सुस्त हुनसक्छ । घर–परिवारमा कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: जीवनसाथीसंग भनाभन हुनसक्छ । करियर बनाउने अवसर प्राप्त हुनसक्छ । पारिवारिक सहयोगले कार्य सहज हुनेछ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला ।

कर्कट: बौद्धिक कार्य सफल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्रामा सावधानी अपनाउनु होला । कुनै पारिवारिक उत्सवमा भाग लिने मौका पाइने छ ।

सिंह: कुनै नराम्रो खबर प्राप्त हुनसक्छ । पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तर लाभ कम हुनेछ । अरुबाट अपेक्ष्ाँ नगर्नु होला ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । सवारीसाधन, मेशनरी तथा आगोको प्रयोगमा महिलाहरुले विशेष सावधानी अपनाउनु होला ।

तुला: विवेकको प्रयोग गर्दा लाभमा वृद्धि हुनेछ । कुनै ठूलो अवरोधको सामना हुनसक्छ । हतार तथा विवादबाट बच्नु होला । रोकिएको धन प्राप्त हुनसक्छ ।

वृश्चिक: प्रेम–प्रसंगमा हतार नगर्नु होला । शारीरिक कष्टका कारण काम रोकिने छ । अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । यात्रामा हतार नगर्नु होला । चिन्ता तथा तनाव रहने छ । स्वास्थ्यमा खर्च हुनसक्छ ।

मकर: टाढाबाट राम्रो खबर प्राप्त हुनसक्छ । आत्मविश्वास बढ्ने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

कुम्भ: लाभको अवसर हात पर्नेछ । धर्म–कर्ममा मन लाग्ने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

मीन: समाजसेवामा रुची रहने छ । प्रतिष्ठा बढ्ने छ । नयाँ आर्थिक नीति बन्ने छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ ।

Published Date: 26 December 2023










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड