यु–१९ एशिया कप : नेपालले आज भारतसँग खेल्दै

यु–१९ एशिया कप : नेपालले आज भारतसँग खेल्दै : Icon Khabar

काठमाडौँ, मंसिर २६ । एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ । पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ । त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुआतका दुवै खेल हारेको थियो ।

Published Date: 12 December 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय