उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा साढे ८ लाख भन्दा बढीकाे आवेदन

उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा साढे ८ लाख भन्दा बढीकाे आवेदन : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड(USLB)को एफपीओमा तेस्रो दिनसम्म ५४.६३ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको एफपीओ खरिदका लागि ८ लाख ७१ हजार ३८४ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा उन्नति सहकार्य लघुवित्तको एफपीओमा ९७ लाख ४९ हजार ९१० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा ९७ करोड ४९ लाख ९१ हजार रूपैयाँको आवेदन परेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले भाेलिसम्म आवेदन दिन सक्नेछन्।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास