उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा साढे ८ लाख भन्दा बढीकाे आवेदन

उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा साढे ८ लाख भन्दा बढीकाे आवेदन : Icon Khabar

काठमाडौँ, कात्तिक २३ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड(USLB)को एफपीओमा तेस्रो दिनसम्म ५४.६३ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको एफपीओ खरिदका लागि ८ लाख ७१ हजार ३८४ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा उन्नति सहकार्य लघुवित्तको एफपीओमा ९७ लाख ४९ हजार ९१० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा ९७ करोड ४९ लाख ९१ हजार रूपैयाँको आवेदन परेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको हो। सो शेयरका लागि लगानीकर्ताले भाेलिसम्म आवेदन दिन सक्नेछन्।

Published Date: 09 November 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक