सोमबार नेप्से परिसूचक २१.३० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २१.३० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । सोमबार नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 06 November 2023


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली