सोमबार नेप्से परिसूचक २१.३० अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २१.३० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १७ । सोमबार नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts