भक्तपुर नगरका प्रमुख प्रजापितसँग राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको भेट

भक्तपुर नगरका प्रमुख प्रजापितसँग राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको भेट : Icon Khabar

भक्तपुर, कार्तिक १३ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच आज भनपा सभाकक्षमा भेट भएको छ । नगर प्रमुख प्रजापतिले उपाध्यक्ष अर्याललाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै भक्तपुर नपाको कार्य सम्पादनबारे विस्तृतमा अवगत गराउदै देशको समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो ।

भेटमा उपाध्यक्ष अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको हुँदा यसलाई अधिकार सम्पन्न गराउनुपर्ने धारणा राख्दै भक्तपुर नपाले सबै क्षेत्रमा गरिरहेको काम अनुकरणीय र प्रशंसनीय भएको बताईन् ।

प्रमुख प्रजापतिले संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु संघीयता र संविधानविपरीत भएकोउल्लेख गर्दै जिल्ला स्तरीय कार्यालय खारेज गरी पालिकाअन्तर्गत राख्न सके राज्यको खर्च कम हुने बताए ।उनले शिक्षकहरुले राजनीति गर्न नपाउने भन्ने प्रावधान गलत भएको उल्लेख गर्दै नागरिकता विधेयक संसदले देश हित विपरीत पारित गरेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने बताउँदै उनले भने , “ उच्च पदाधिकारीहरु राम्रो भए देश राम्रो हुन्छ ।”

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, स्वकीय सचिव रमाकान्त प्रसाद चौधरी, अधिवक्ता कविता ढुंगाना र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।

प्रमुख प्रजापतिले उपाध्यक्ष अर्याललाई भक्तपुरको प्रसिद्ध ‘मयुरको झ्याल’ र भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2023
Website | + posts