चाडपर्वमा कालोबजारी गर्नेहरुलाई कुनै कारबाही गर्न सकेनौं: आपूर्तिमन्त्री रिजाल

चाडपर्वमा कालोबजारी गर्नेहरुलाई कुनै कारबाही गर्न सकेनौं: आपूर्तिमन्त्री रिजाल : Icon Khabar

काठमाडौं, कात्तिक १३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छौं ।

सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन्।

समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरुलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने भनाइ व्यक्त गरे ।

उनले भने, ‘‘५० हजारदेखि तीन लाखसम्मको जरिवाना छ । समातिएका ठूला कालोबजारीहरुलाई तीन लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौँ । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीका लागि सजाय राखिएको हो । सानोलाई त तीनदेखि पाँच लाख जरिवाना राखिएको छ । यसलाई कसुर हेरी दुई देखि १० लाख गर्नुपर्छ ।

कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौँ । गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई तीन लाख गर्ने हो तर उठाउने कानुन छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन ।’’ मन्त्री रिजालले जरिवाना तिराएकाहरुले जरिवाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानुन नरहेको जिकिर गरे।

Published Date: 30 October 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय