चाडपर्वमा कालोबजारी गर्नेहरुलाई कुनै कारबाही गर्न सकेनौं: आपूर्तिमन्त्री रिजाल

चाडपर्वमा कालोबजारी गर्नेहरुलाई कुनै कारबाही गर्न सकेनौं: आपूर्तिमन्त्री रिजाल : Icon Khabar

काठमाडौं, कात्तिक १३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छौं ।

सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन्।

समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरुलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने भनाइ व्यक्त गरे ।

उनले भने, ‘‘५० हजारदेखि तीन लाखसम्मको जरिवाना छ । समातिएका ठूला कालोबजारीहरुलाई तीन लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौँ । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीका लागि सजाय राखिएको हो । सानोलाई त तीनदेखि पाँच लाख जरिवाना राखिएको छ । यसलाई कसुर हेरी दुई देखि १० लाख गर्नुपर्छ ।

कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौँ । गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई तीन लाख गर्ने हो तर उठाउने कानुन छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन ।’’ मन्त्री रिजालले जरिवाना तिराएकाहरुले जरिवाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानुन नरहेको जिकिर गरे।

Published Date: 30 October 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड