सोमबार नेप्से परिसूचक ३.०४ अंकले सामान्य बढ्यो

सोमबार नेप्से परिसूचक ३.०४ अंकले सामान्य बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । सोमबार नेप्से परिसूचक ३.०४ अंक बढेर १८७८.७० विन्दुमा पुगेको छ।

सोमबार नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८७ स्टको ३० हजार २३७ पटकको कारोबारमा ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज साधना लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको आज ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

Published Date: 30 October 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न