सोमबार नेप्से परिसूचक ३.०४ अंकले सामान्य बढ्यो

सोमबार नेप्से परिसूचक ३.०४ अंकले सामान्य बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । सोमबार नेप्से परिसूचक ३.०४ अंक बढेर १८७८.७० विन्दुमा पुगेको छ।

सोमबार नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८७ स्टको ३० हजार २३७ पटकको कारोबारमा ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज साधना लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको आज ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2023
Website | + posts