कोइला किन्न नसक्दा हेटौँडा सिमेन्टको उत्पादन बन्द

कोइला किन्न नसक्दा हेटौँडा सिमेन्टको उत्पादन बन्द : Icon Khabar

हेटौँडा, कात्तिक १३ । कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भए पनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको हो ।

आर्थिक समस्याले आवश्यक कच्चा पदार्थ खरिद गर्न सकिएन, आजदेखि उत्पादन बन्द भएको छ, उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले भने । आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको उनले बताए ।

आर्थिक संकटबारे अध्ययन गरेर प्रतिवेदन सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

Published Date: 30 October 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने