बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज १८ । सुनको भाउ आज पनि बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

Published Date: 05 October 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय