बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज १८ । सुनको भाउ आज पनि बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

Published Date: 05 October 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड