विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुन सक्छ : सुरज प्रधान

विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुन सक्छ : सुरज प्रधान : Icon Khabar

काठमाडौं, भदौ ७ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं कृषि विभाग प्रमुख धनेश थापाले आफ्नो पार्टी २०७४ सालमा स्थापना हुँदा जुन सिद्धान्त, आदर्श र कार्यक्रम लिएर आएको थियो, आज पनि त्यही स्थानमा उभिएको बताएका छन् ।

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशन आगामी भदौ ९ गते भक्तपुरमा आयोजना गर्ने सिलसिलामा रफत सञ्चार क्लबमा बिहीबार पत्रकारहरूसँग अन्तरसंवाद गर्दै थापाले भने, मुलुकको समग्र अवस्थालाई रूपान्तरण गर्न आवश्यकता रहेकोमा त्यो आवश्यकता विवेकशील साझा पार्टी पूरा गर्ने दावी गरे ।

उनले पार्टी अहिले समीक्षा बास्कोटाको सक्षम नेतृत्वमा अगाडि बढिरहेको पनि बताए । विवेकशील पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुने सम्भावना छ कि छैन भन्ने जिज्ञासामा प्रधानले भने, “अहिले हाम्रो ध्यान एकतातिर गएको छैन । विवेकशील साझा पार्टीलाई जनताको विश्वासको जगमा बसाउनेतिर ध्यान छ । तर भविष्यमा भन्न सकिन्न, सिद्धान्त, आदर्श र कार्यक्रम मिलेमा एकता पनि हुन सक्छ ।”

उनले आज देशलाई पार्टी होइन, परिपाटीको खाँचो रहेको बताउँदै विवेकशील साझा पार्टी व्यवस्था परिवर्तन गर्ने नभई अवस्था परिवर्तन गर्नेतर्फ अग्रसर रहेको उल्लेख गरे ।

अन्तरसंवादमा पार्टीका अर्का केन्द्रीय सदस्य एवं वागमती प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले विवेकशील साझा पार्टीले आगामी दिनमा युवाहरूलाई खाडीमा पठाउन नपर्ने गरी एक विस्तृत (ब्लुप्रिन्ट) कार्यक्रम लिएर जनसमक्ष प्रस्तुत हुने लक्ष्यका साथ आगाडि बढिरहेको बताए । उनले आफ्नो पार्टी वैकल्पिक राजनीतिक शक्तिको मातृसत्ता भएको दावी गरे । उनले भने “पार्टीले विगतमा केही वैचारिक स्खलन बेहोर्न परेतापनि अहिले पार्टीमा त्यस्तो कुनै अवस्था नभएकाले पार्टीलाई बिगार्न आएका विफल भइसकेका छन् ।”

 

Published Date: 24 August 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता