बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार २८ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक  १२.६२ अंक घटेर २०८४.९३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

सूचक घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ५७ हजार ६४५ पटकको कारोबारमा ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको करिब १८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १६ लाखभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूक १ प्रतिशतभन्दा बढी घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 July 2023
Website |  + posts






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न