बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२.६२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार २८ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक  १२.६२ अंक घटेर २०८४.९३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

सूचक घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ५७ हजार ६४५ पटकको कारोबारमा ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको करिब १८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १६ लाखभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूक १ प्रतिशतभन्दा बढी घटेका छन्।

Published Date: 13 July 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु