ड्राइभिङ लाइसेन्स नवीकरण अवधि १० वर्षसम्म बढाउने

ड्राइभिङ लाइसेन्स नवीकरण अवधि १० वर्षसम्म बढाउने : Icon Khabar

काठमाडौं, असार २० । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयमा हुने भीडभाड हटाउनुका साथै बिचौलियाको संलग्नता छिट्टै अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र नवीकरण, श्रेणी थप्ने र यसअघि निवेदन दिएका तर सफल हुन नसकेकालाई पुनः आवेदन दिन विद्युतीय माध्यमबाट सेवा दिने निर्णय गरेको छ ।

‘यो मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मैले यातायात व्यवस्था कार्यालयमा भीडभाड र बिचौलियाको संलग्नताको समस्या अन्त्य गर्ने निर्णय गरेको छु । नयाँ लाइसेन्सका लागि आवेदन दिने, पुरानाको नवीकरण, सवारीसाधनको क्लास थप्ने र अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाएको छ,’ गण्डकी प्रदेशको पोखराबाट अनलाइन सेवाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ।

मन्त्रीका अनुसार सरकारले एक महिनाभित्र देशभरका यातायात कार्यालयबाट अनलाइन सेवा उपलब्ध गराउनेछ ।

‘अनलाइन सेवा सुरु भएपछि बायोमेट्रिक्स, लिखित परीक्षा र परीक्षणका लागि मात्रै यातायात व्यवस्था कार्यालयमा जानुपर्नेछ’, ज्वालाले भनिन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रदेश मन्त्रालय र विभागले तोकेका चिकित्सकले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने बताए ।

नेपालमा सरकारले झण्डै तीन लाख ६० हजार व्यक्तिलाई सवारी चालक अनुमतिपत्र जारी गरेको छ । लाइसेन्स नवीकरण र ड्राइभिङ श्रेणी थप्नका लागि अब यातायात व्यवस्था कार्यालयमा साँघुरो लाइनमा उभिनुपर्ने छैन । अबदेखि १० वर्षभित्र लाइसेन्स नवीकरण पनि हुने मन्त्रालयले जनाएको छ ।

Published Date: 05 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक