प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा चाहिन्छ : केपी ओली

प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा चाहिन्छ : केपी ओली : Icon Khabar

काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत भ्रमण गरेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको अपमान भएको भन्दै एमालेले उनको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने