नेपालले नेदरल्यान्ड्सलाई हराए सुपर सिक्समा पुग्ने!

नेपालले नेदरल्यान्ड्सलाई हराए सुपर सिक्समा पुग्ने! : Icon Khabar

काठमाडौं, असार ८ ।  नेपालले आइसिसी विश्वकप छनोटमा अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई पराजित गरे सुपर सिक्समा पुग्ने लगभग पक्का पक्की बनेको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ ।

समूह ए मा अमेरिका सुरुवाती तीन हारका साथ समूह चरणबाटै बाहिरिने प्रतियोगिताकै पहिलो टोली बनेको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन अनौपचारिकता बाँकी राखेका छन् ।

अव तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्स मध्य एक टोली सुपर सिक्समा पुग्ने पक्काछ । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुन्छ । सुपर सिक्समा पुग्न त्यो ४ अंक नै पर्याप्त हुनसक्ने देखिन्छ । नेपाल ४ अंकका साथ सुपर सिक्स खेल्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ ।

यदि नेदरल्यान्ड्सले अप्रत्याशित नतिजाका साथ वेस्ट इन्डिजलाई हराएमा भने समान ४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा भरपर्ने देखिन्छ । नेपालको नेटरनरेट माइनस ०.६३८ र नेदरल्यान्ड्सको माइनस ०.१६७ छ ।

अंक तालिका

समूह ए मा वेस्ट इन्डिज २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बावे २ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा १ मा जित र १ मा हारका साथ २ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । अमेरिका तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

समूह बी मा ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका र स्कटल्यान्ड सुरुवाती खेलमा जितका साथ समान २ अंक भएपनि नेटरनरेटका कारण दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्यान्ड दुबै खेलमा हारका चौथो स्थानमा छ । युएई पनि दुबै खेलमा हारको साथ पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू