नेपालले पाँच रन पेनाल्टीमा पायो

नेपालले पाँच रन पेनाल्टीमा पायो : Icon Khabar

काठमाडौं, असार ३ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेबाट पाँच रन पेनाल्टी पाएको छ । ४२ औं ओभरको चौथो बलमा जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले पाँच रन पेनाल्टी पाएको हो ।

जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउनेक्रममा गल्भ्स निकाल्न पुगेका थिए । गल्भ्स फुकाल्ने बेला बलले लागेपछि पाँच रन पेनाल्टी पाएको हो । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभरमा २ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३१ र कुशल मल्ल ३५ रनमा क्रिजमा छन् ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास