आइतबार नेप्से सूचक ५२.२६ अंकले बढ्यो, लगानीकर्ताहरुमा छायो खुशी

आइतबार नेप्से सूचक ५२.२६ अंकले बढ्यो, लगानीकर्ताहरुमा छायो खुशी : Icon Khabar

काठमाडौँ, असार ३ । आइतबार नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि ५ अर्ब नजिक पुगेको छ।

आज ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। एक महिना अघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ।

आइतबार नेपाल इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ग्रिन भेन्चर कम्पनी,सुपरमादी हाइड्रोपावर लगायत ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यता सुभम पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ४.०८ प्रतिशत र भुगोल इनर्जीको ३.७३ प्रतिशतले घटेको छ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९२ लाख, सोल्टी होटलको १६ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास