किकम्पा मन्टेश्वरीमा विश्व वातावरण दिवस मनाइयो

किकम्पा मन्टेश्वरीमा विश्व वातावरण दिवस मनाइयो : Icon Khabar

भक्तपुर, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा किकम्पा मन्टेश्वरी स्कूल इतबूँ सूर्यविनायकमा सरसफाई गरियो । सो अवसरमा विद्यालयको प्राङ्गणमा बालबालिकाहरुलाई वृक्षारोपन पनि गराईयो ।

विद्यायलका इसिए इन्चार्ज सरिता तमखुले विश्वको तापक्रम बढ्नुमा वनजंगल फदानी, अव्यवस्थित सहरीकरण साथै कलकारखानाबाट निस्केको धुलो धुँवालाई व्यवस्थापन नगरेकोले मानिसहरुको जीवनयापन गाह्रो भएको बताईन् । विद्यालयका एकेडेमीक इन्चार्ज इन्दिरा आचार्यले सरसफाई तथा जन चेतनामूलक कार्यक्रम बालबालिकाहरुबाट नै सुरू गर्नुपर्ने बताईन् ।

वनजंगल मास्नाले अहिले पानीको हाहाकार भएको र वर्षा सुरू भएलगतै विभिन्न प्राकृतिक प्रकोपले मानवीय जीवनमा ठुलो क्षती पुर्याएको बताईन्।

विद्यालयका प्रिन्सिपल राजेश लाखाले वातावरण दिवसको अवसरमा बोल्दै स्वच्छ वातावरणको लागी आफूले गर्नुपर्ने सरसफाईको कर्तव्य र दायित्व पुरा गर्नुपर्ने र यसका लागि सरकारी निकायको मात्र मुख ताकेर बस्न नहुने बताए । वातावरण प्रदुषणका कारण मानवलाई मात्र होइन प्रत्यक्ष अप्रत्यक्ष रूपमा वनस्पती जीवजन्तु सिंगो पर्यावरण प्रभावित भएको बताए ।

विद्यालयका शिक्षक दिल सुवालको संयोजकत्वमा भएको सो कार्यक्रम विद्यालयका बालबालिकाबाटै विद्यालय प्राङ्गण तथा विद्यालय वरपर
सरसफाई गरेको थियो।

Published Date: 06 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास