किकम्पा मन्टेश्वरीमा विश्व वातावरण दिवस मनाइयो

किकम्पा मन्टेश्वरीमा विश्व वातावरण दिवस मनाइयो : Icon Khabar

भक्तपुर, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा किकम्पा मन्टेश्वरी स्कूल इतबूँ सूर्यविनायकमा सरसफाई गरियो । सो अवसरमा विद्यालयको प्राङ्गणमा बालबालिकाहरुलाई वृक्षारोपन पनि गराईयो ।

विद्यायलका इसिए इन्चार्ज सरिता तमखुले विश्वको तापक्रम बढ्नुमा वनजंगल फदानी, अव्यवस्थित सहरीकरण साथै कलकारखानाबाट निस्केको धुलो धुँवालाई व्यवस्थापन नगरेकोले मानिसहरुको जीवनयापन गाह्रो भएको बताईन् । विद्यालयका एकेडेमीक इन्चार्ज इन्दिरा आचार्यले सरसफाई तथा जन चेतनामूलक कार्यक्रम बालबालिकाहरुबाट नै सुरू गर्नुपर्ने बताईन् ।

वनजंगल मास्नाले अहिले पानीको हाहाकार भएको र वर्षा सुरू भएलगतै विभिन्न प्राकृतिक प्रकोपले मानवीय जीवनमा ठुलो क्षती पुर्याएको बताईन्।

विद्यालयका प्रिन्सिपल राजेश लाखाले वातावरण दिवसको अवसरमा बोल्दै स्वच्छ वातावरणको लागी आफूले गर्नुपर्ने सरसफाईको कर्तव्य र दायित्व पुरा गर्नुपर्ने र यसका लागि सरकारी निकायको मात्र मुख ताकेर बस्न नहुने बताए । वातावरण प्रदुषणका कारण मानवलाई मात्र होइन प्रत्यक्ष अप्रत्यक्ष रूपमा वनस्पती जीवजन्तु सिंगो पर्यावरण प्रभावित भएको बताए ।

विद्यालयका शिक्षक दिल सुवालको संयोजकत्वमा भएको सो कार्यक्रम विद्यालयका बालबालिकाबाटै विद्यालय प्राङ्गण तथा विद्यालय वरपर
सरसफाई गरेको थियो।

Published Date: 06 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक