नेपाललाइफद्वारा आफ्ना अभिकर्ताको क्षमता अभिबृिद्धका लागि सातवटै प्रदेशमा अभिकर्ता पूनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न :६००० बढी अभिकर्ता प्रशिक्षित

नेपाललाइफद्वारा आफ्ना अभिकर्ताको क्षमता अभिबृिद्धका लागि सातवटै प्रदेशमा अभिकर्ता पूनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न :६००० बढी अभिकर्ता प्रशिक्षित : Icon Khabar

काठमाडौँ, जेठ २३ । नेपाललाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी,मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६००० भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

२०८० साल बैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एंड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना , बैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, बैशाख १४ गते मिर्चैयाको रामजानकी होटल एंड पार्टी प्यालेसमा ५७० जना , बैशाख १६ गते बिरगंजको होटल शाह दरबारमा ४५० जना, बैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४६० जना, बैशाख २२ गते भक्तपुरको नमस्त ब्याङक्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याङक्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३४०जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरि कुल ६,०८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।

हिजो पोखरामा आयोजित कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाले बोल्दै गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्रपंङ्गतीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेका बताए । सम्पूर्ण अभिकर्ताहरुलाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरि बीमा व्यवसाय विस्तार गर्न आग्रह गरे । साथै कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय संचालनमा ल्याएको कुरा पनि जानकारी गराए । उनले कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताए । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिव १० प्रतिशतजनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवनबीमाको क्षेत्रमा विभिन्न सुचाकंहरुको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनीको रूपमा नेपाललाइफ स्थापित रहेको बताए ।

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्ता महानुभावहरुलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकाश गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । उक्त कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए । आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले अभिकर्ताहरुको प्रोत्साहनका निम्ति विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको र यस वर्ष पनि आकर्षक योजनाहरु सार्वजनिक भई सकेको हुनाले योजनामा सामेल हुन सम्पूर्ण अभिकर्ताहरुलाई अनुरोध समेत गरे । कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने कुरा व्यक्त गरे । यसै वर्ष कम्पनीले भारतको मुम्बईबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवनबीमा अभिकर्ता राजेश सतोष्कार र विजयकुमार झाद्वारा आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको कुरा पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताले बीमा व्यवसायमा सफलता प्राप्त गर्न काखा तिर आफु आबद्ध कम्पनीको बारेमा पूर्ण जानकारी, आफुले गरेको पेशाको बारेमा कानूनी बैधता तथा कम्पनीले बजारमा ल्याएको बीमा योजनाहरुको बारेमा पूर्ण जानकारी राख्नु पर्ने कुरामा जोड दिए । बीमा बजारको बजारीकरणको सम्बन्धमा बृहत प्रस्तुतीकरण दिएका पोखरेलले सफल अभिकर्ताहरुमा हुनु पर्ने गुणहरु बारेमा समेत प्रकाश पारेको थियो ।

अभिकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बीमा अभिकर्ता पेशा ठुलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नक निम्ति प्रचुर सम्भावना भएको क्षेत्र हुनाले आम्दानी र व्यवसायभन्दामाथीउठेर बीमा अभिकर्ताको रूपमा सामाजिक र मानविय धर्मका रूपमा पेशालाई अंगिकार गर्न प्रेरित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित