पृथ्वीराजमार्ग विस्तार अभियानअन्तर्गत तनहुँको डुम्रेमा रहेका संरचना भत्काइयो

पृथ्वीराजमार्ग विस्तार अभियानअन्तर्गत तनहुँको डुम्रेमा रहेका संरचना भत्काइयो : Icon Khabar

दमौली, जेठ २२ । पृथ्वीराजमार्ग विस्तार अभियानअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेका संरचना भत्काइएको छ ।

सडक खण्डमा निर्माण गरिएका घर र झुपडी भत्काउने अभियान सुरु भएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना (पूर्व खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार बन्दीपुरको मुख्य व्यापारिक केन्द्र र लमजुङ जिल्ला प्रवेश गर्ने नाका डुम्रे बजारका पाँचवटा घर अहिले भत्काउने काम भइरहेको छ ।

‘सडक क्षेत्रमा बनेका संरचना हटाउने अभियान चलिरहेको छ । हालसम्म पाँचवटा घर भत्काइसकेको उनले जानकारी दिए, ‘सडकको दायराभित्र निर्माण भएका सबै संरचना क्रमशः भत्काइने’ उनले बताए ।

डुम्रे बजारमा लामो समयदेखि निर्माण भएका अधिकांश घर सडक क्षेत्रभित्र पाइन्छन् । त्यस्ता संरचनालाई क्षतिपूर्ति दिएर भत्काउने योजना बनाइएको थियो ।

पूर्वी भागमा आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । आँबुखैरेनी र व्यासमा बनेका संरचना हटाउने तयारी पनि भइरहेको छ ।

उनले खण्डबाट ६३१ वटा संरचना हटाउने जानकारी दिए । २ करोड ४५ लाख बराबरको मुआब्जा हकधनीलाई वितरण गरिनेछ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा काम अघि बढाएको छ । आँबुखैरेनीदेखि जमुनेसम्मको पूर्वी खण्डको ३० प्रतिशत प्रगति भएको आयोजना स्रोतले जनाएको छ । आँबुखैरेनीको सात किलोमिटर खण्डमा कालोपत्र शुरु भएको छ ।

आयोजना प्रमुख नरेन्द्र सुवेदीले चालु आर्थिक वर्षमा सात किलोमिटर कालोपत्र गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिएको बताए ।

सन् २०२१ जनवरीमा ठेक्का सम्झौता गरेपछि २०२१ को अप्रिलमा पूर्वी खण्डमा विस्तार अभियान थालिएको थियो ।४१ दशमलव ४५ किलोमिटर सडकखण्डमा तीन ठूला र चार साना पुल निर्माण हुनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलाई दिइएको थियो ।

सरकारले यस वर्ष मुग्लिन–पोखरा सडक विस्तारका लागि ५ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनको सडक निर्माण हुन लागेको हो ।

पूर्व खण्डका लागि ६ अर्ब २३ करोड १० लाख र पश्चिम खण्ड विस्तारका लागि ७ अर्ब ४ करोड ४६ लाख रुपैयाँको सम्झौता भएको थियो । चार लेनको सडक खण्डको प्रत्येक तर्फ २०-२५ मिटर हुनेछ।

Published Date: 05 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक