नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश : Icon Khabar

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गर्ने कदमविरुद्ध वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दायर गरेका थिए ।

नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमा निवेदकले अघिल्लो संसदबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरण गर्ने कार्य गैरकानूनी भएको भन्दै सर्वोच्चबाट प्रमाणीकरण बदर गर्न माग गरेका छन् ।

Published Date: 05 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक