नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश : Icon Khabar

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गर्ने कदमविरुद्ध वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार रिट दायर गरेका थिए ।

नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमा निवेदकले अघिल्लो संसदबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरण गर्ने कार्य गैरकानूनी भएको भन्दै सर्वोच्चबाट प्रमाणीकरण बदर गर्न माग गरेका छन् ।

Published Date: 05 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास