आयोजक टिका भैरव टिम च्याम्पियन

आयोजक टिका भैरव टिम च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ २१ । आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो ।

गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको केन्द्र डोजोले १ स्वर्ण र १ कांस्य हात पार्यो ।

प्रतियोगिताको पुरुषमा आयोजक टिकाभैरवका अर्जुन नगरकोटी तथा महिलामा केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुष ३० केजीमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण दिलाए । पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे तथा महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण चुमे ।

विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ललितपुर उसु टिमले प्रदर्शनी खेल प्रस्तुत गरेको थियो भने स्थानिय कलाकारले नृत्य प्रदर्शन गरेका थिए ।

दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

Published Date: 04 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक