संकटाले खुमलटारलाई हरायो

संकटाले खुमलटारलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ २१ । रेलिगेसनको दवाव झेलिरहेको संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एफसी खुमलटारमाथि सहज जित हात पारेको छ ।

संकटाले खुमलटारमाथि ३–० को सहज जित हात पारेको हो । संकटाको सहज जितमा निशान खड्का, आयुष घलान र चन्दन दासले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलको १६औं मिनेटमा निशान खड्काको गोलबाट संकटाले खेलमा १–० को अग्रता लिन सफल भयो । ३८औं मिनेटमा आयुष घलानले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे ।

त्यसपछि ७८औं मिनेटमा चन्दन दासले गोल गर्दै संकटालाई ३–० को जित दिलाए । यस महत्तपूर्ण जितसँगै संकटाले केही हदसम्म रेलिगेसनको दवाव छाडेको छ ।

१०औं स्थानमा उक्लिएको संकटाको २४ खेलबाट ३० अंक पुगेको छ । समान ३० अंक रहेपनि संकटा एपिएफ र एनआरटीभन्दा पछि रहँदा आर्मीभन्दा अघि छ ।

२८ अंक रहेको थ्री स्टार १२औं स्थानमा झरेको छ । पराजित खुमलटारलाई रेलिगेसनको दवाव बढेको छ । खुमलटार २४ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।

Published Date: 04 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक