मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा

मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा : Icon Khabar
काठमाडौँ, पुष १९। मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। माइक्रोफाइनान्स, व्यापार र होटल समुहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।
मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ।

यता विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशत, बोटलर्स नेपाल तराइको ५.५४ प्रतिशत र दोर्दी हाइड्रोपावरको ३.४४ प्रतिशतले घटेको छ। हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसि एशिया बैंकको ९ करोड ६६ लाख, शिवम् सिमेन्टको ९ करोड ४९ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 03 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड