मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा

मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा : Icon Khabar
काठमाडौँ, पुष १९। मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। माइक्रोफाइनान्स, व्यापार र होटल समुहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।
मंगलबार नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ।

यता विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशत, बोटलर्स नेपाल तराइको ५.५४ प्रतिशत र दोर्दी हाइड्रोपावरको ३.४४ प्रतिशतले घटेको छ। हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसि एशिया बैंकको ९ करोड ६६ लाख, शिवम् सिमेन्टको ९ करोड ४९ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 January 2023
Website | + posts