बीएमसीए बास्केटबलमा ५३ टिम

बीएमसीए बास्केटबलमा ५३ टिम : Icon Khabar

काठमाडौं, जेठ १६ । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ समूह, सिनियर गल्र्सलाई ४ समूह र जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार गरिने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयास स्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिइन् ।

बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइने छ । एघारदिने प्रतियोगितामा जम्मा १ सय १० खेल हुनेछ ।

Published Date: 30 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक