निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिन सुरू

निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिन सुरू : Icon Khabar

काठमाडौं, जेठ ८ । निक्षेपकर्ताको बैंकमा रहेको रकम ठगी गरेको आरोपमा प्रहरीले एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिने काम सुरु गरेको छ ।

१० करोड ५२ लाख ३० हजार ठगी गरेको आरोपमा पक्राउ परेका एभरेष्ट बैंकको इटहरी शाखाका कर्मचारी निरज प्रधानको बयान लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रधान हाल उदयपुरको गाईघाट शाखाको अपरेशन इन्चार्जको रुपमा कार्यरत थिए । निक्षेपकर्ताको रकम ठगी मुद्दामा इटहरी शाखाका ४२ वर्षीय प्रबन्धक विश्वराज शाक्य, सुपरभाइजर ३७ वर्षीय धव लामा, २७ वर्षीय बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रञ्जित पण्डित र ३० वर्षीय -बैंकको इटहरी शाखाका पुराना टेलर पवित्र कटुवालमाथि अहिले अनुसन्धान भइरहेको छ ।

त्यस्तै, बैंकका कर्मचारीबाहेक धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार प्रधानले प्रारम्भिक अनुसन्धानमा ठगीमा संलग्न रहेको स्वीकार गरेका छन् । ‘सात बैंक कर्मचारी र दुई जना सर्वसाधारण पक्राउ परेका छन् । हालसम्म निरज प्रधानले ठगीमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् र अन्य ६ जनाको बयान जारी छ,’ उनले भने, ‘पक्राउ परेका बाहेक अरुलाई शंकाको घेरामा राखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रधानले आफ्नो संलग्नता स्वीकार गरिसकेको र पक्राउ परेका अन्य ६ जनाको बयान जारी रहेको र अनुसन्धान पूरा हुन नसकेको जनाएको छ ।

ग्राहकको कनेक्ट आइपिएसको आईडी पासवर्ड चोरेर नक्कली चेक बनाएर रकम झिकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैमाथि बैंकिङ कसुर तथा संगठित अपराध रोकथाम ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

Published Date: 22 May 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने