निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिन सुरू

निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिन सुरू : Icon Khabar

काठमाडौं, जेठ ८ । निक्षेपकर्ताको बैंकमा रहेको रकम ठगी गरेको आरोपमा प्रहरीले एभरेष्ट बैंकका सात कर्मचारीको बयान लिने काम सुरु गरेको छ ।

१० करोड ५२ लाख ३० हजार ठगी गरेको आरोपमा पक्राउ परेका एभरेष्ट बैंकको इटहरी शाखाका कर्मचारी निरज प्रधानको बयान लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रधान हाल उदयपुरको गाईघाट शाखाको अपरेशन इन्चार्जको रुपमा कार्यरत थिए । निक्षेपकर्ताको रकम ठगी मुद्दामा इटहरी शाखाका ४२ वर्षीय प्रबन्धक विश्वराज शाक्य, सुपरभाइजर ३७ वर्षीय धव लामा, २७ वर्षीय बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रञ्जित पण्डित र ३० वर्षीय -बैंकको इटहरी शाखाका पुराना टेलर पवित्र कटुवालमाथि अहिले अनुसन्धान भइरहेको छ ।

त्यस्तै, बैंकका कर्मचारीबाहेक धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार प्रधानले प्रारम्भिक अनुसन्धानमा ठगीमा संलग्न रहेको स्वीकार गरेका छन् । ‘सात बैंक कर्मचारी र दुई जना सर्वसाधारण पक्राउ परेका छन् । हालसम्म निरज प्रधानले ठगीमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् र अन्य ६ जनाको बयान जारी छ,’ उनले भने, ‘पक्राउ परेका बाहेक अरुलाई शंकाको घेरामा राखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रधानले आफ्नो संलग्नता स्वीकार गरिसकेको र पक्राउ परेका अन्य ६ जनाको बयान जारी रहेको र अनुसन्धान पूरा हुन नसकेको जनाएको छ ।

ग्राहकको कनेक्ट आइपिएसको आईडी पासवर्ड चोरेर नक्कली चेक बनाएर रकम झिकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैमाथि बैंकिङ कसुर तथा संगठित अपराध रोकथाम ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

Published Date: 22 May 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली