प्रतिरोधी क्षमता बढाउन देखि रक्तचाप कम गर्न अत्यन्तै उपयोगी किवी

प्रतिरोधी क्षमता बढाउन देखि रक्तचाप कम गर्न अत्यन्तै उपयोगी किवी : Icon Khabar

काठमाडौँ, जेठ ८ । हरियो रङको सानो देखिने कीवी गुणको खजाना हो। भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमले भरिपूर्ण कीवी पोषक तत्वको पावरहाउस हो। स्वास्थ्यका लागि यसको कमालको फाइदालाई मध्यनजर गर्दै स्वास्थ्यविद्ले सबैलाई किवी खान सल्लाह दिन्छन्।

आउनुहोस्, कीवी खाँदा शरीरले कस्तो प्रकारको फाइदा पाउँछ, यसबारे जानकारी लिऔं।

डीएनएको मर्मत गर्छ: तनाव, धुम्रपान, क्यान्सर, किमोथेरेपी, रेडिएशन, अत्यधिक औषधी र प्रदूषणको असर हाम्रो डीएनएमा पनि पर्छ । यसका कारण मृगौला, फोक्सो र दिमागसँग सम्बन्धित विभिन्न प्रकारका रोग लाग्छन् । किवीले डिएनएलाई सुधार्ने काम गर्छ । किवीको नियमित सेवनले पेटको क्यान्सरको खतरा कम हुने विभिन्न अनुसन्धानले देखाउँछ ।

इम्युनिटी बूस्टर: कीवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख्छ । कीवीलाई निकै राम्रो इम्युनिटी बूस्टर मानिन्छ ।

रक्तचापलाई नियन्त्रण गर्छ: सन् २०१४ को एक अनुसन्धानका अनुसार एकदिनमा लगभग २–३ वटा किवी खाँदा रक्तचाप कम हुन्छ । लामो समयसम्म यसको नियमित सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात वा मुटुसँग सम्बन्धित रोग टाढै रहन्छ ।

रगत जम्न दिँदैन: किवीले रगत जम्न पनि दिँदैन । हरेक दिन २–३ वटा किवी खाँदा रगत जम्न पाउँदैन । यो फलले रगतमा बोसोको मात्रालाई काम गर्न पनि मद्दत गर्छ ।

घाउ छिटो निको हुन मद्दत गर्छ: यदि तपाईंलाई घाउ लागेको छ वा तपाईंको शल्यक्रिया भएको छ भने किवी कुनै पनि हालमा खानुहोस् । यसले तपाईंलाई घाउ छिटो निको हुन मद्दत गर्छ । किवीमा पाइने प्राकृतिक तत्व र एन्टीब्याक्टेरियल एजेन्टले घाउलाई छिटो निको बनाउँछ ।

Published Date: 22 May 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता