काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजबाट बन्द

काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजबाट बन्द : Icon Khabar

काठमाडौँ, जेठ १ । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजबाट बन्द भएको छ । आयोजना क्षेत्रको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो ।गेट नम्बर ९ मा रहेको हेडवक्र्समा नयाँ सिलिन्डर जडान गर्नुपर्ने भएकोले पानीको प्रवाह बन्द गर्नुपर्ने जानकारी प्राप्त भएको छ ।

ठुलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको होे । मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरु गरिने आयोजनाले जनाएको छ।

Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास