सगरमाथा लुम्बिनी इन्सुरेन्सको एकीकृत सेयर कारोबार सुरु

सगरमाथा लुम्बिनी इन्सुरेन्सको एकीकृत सेयर कारोबार सुरु : Icon Khabar

काठमाडौं, जेठ १ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा लुम्बिनी इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।

साविकको सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।

सोमबारदेखि यसको सेयर कारोबार खुला भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ भाउ तोकेको थियो । सोही मूल्यलाई आधार मानेर पहिलो कारोबार भएको हो ।

‘एसएएलआइसीओ’ संकेतमा कारोबार सुरु भएको छ । यता, साविकको लुम्बिनी जनरल इन्सुरेन्सको सूचीकरण खारेज भएको छ । १ः०.८० सेयर स्वाप अनुपातमा कायम भएको सेयर सगरमाथा लुम्बिनी इन्सुरेन्स नाममा सूचीकरण भएको हो ।

Published Date: 15 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक