सगरमाथा लुम्बिनी इन्सुरेन्सको एकीकृत सेयर कारोबार सुरु

सगरमाथा लुम्बिनी इन्सुरेन्सको एकीकृत सेयर कारोबार सुरु : Icon Khabar

काठमाडौं, जेठ १ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा लुम्बिनी इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ ।

साविकको सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।

सोमबारदेखि यसको सेयर कारोबार खुला भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ भाउ तोकेको थियो । सोही मूल्यलाई आधार मानेर पहिलो कारोबार भएको हो ।

‘एसएएलआइसीओ’ संकेतमा कारोबार सुरु भएको छ । यता, साविकको लुम्बिनी जनरल इन्सुरेन्सको सूचीकरण खारेज भएको छ । १ः०.८० सेयर स्वाप अनुपातमा कायम भएको सेयर सगरमाथा लुम्बिनी इन्सुरेन्स नाममा सूचीकरण भएको हो ।

Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास