नेपालसँगको व्यापार बढाउन सहयोग गर्छौं : युरोपेली संघका राजदूत

नेपालसँगको व्यापार बढाउन सहयोग गर्छौं : युरोपेली संघका राजदूत : Icon Khabar

काठमाडौं, वैशाख २७ । नेपालमा वैदेशिक लगानी भित्र्याउने र व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित राजधानीमा दुईदिने ईयु नेपाल बिजनेस फोरम सम्पन्न भएको छ । सोमबार र मङ्गलबार दुई दिन राजधानीमा भएको कार्यक्रममा नेपालमा वैदेशिक लगानीको सम्भावना र व्यापार अभिवृद्धिबारे विस्तृत छलफल भएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकलाई न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा लैजानका अल्पकालीन चुनौतीलाई न्यूनीकरण गर्नुपर्ने बताए।

“हामीले न्यून आय भएको देशबाट मध्यम आय भएको देशमा जान युरोपेली संघबाट आवश्यक सहयोग र सहजीकरण महसुस गरिरहेका छौं,” उनले भने। ‘हामीले व्यापार तथा लगानी नीतिमा निरन्तर सुधार गर्दै आएका छौं, सरोकारवाला निकायले दिएको सुझावलाई निर्देशनका रुपमा लिइरहेका छौं ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत डोना डेप्रेजले युरोपेली सङ्घसँग नेपाललाई समर्थन र एकता देखाउने अनुपम अवसर भएकाले सबैले सहयोग गर्नुपर्ने बताइन् ।

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले अहिले गरेका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आगामी दिनमा थप भेटघाटको आवश्यकता रहेको बताउँदै छलफल र भेटघाटलाई नियमित गराउने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले अनुभव आदानप्रदान गर्न र नेटवर्क विस्तार गर्न यो फोरम उपयुक्त मञ्च भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 May 2023
Website | + posts