अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन

अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन : Icon Khabar

म्याग्दी, वैशाख २७ । म्याग्दीको अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालित हिमाल सफाइ अभियानअन्तर्गत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो ।

८ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ । नेपाली सेनाका १० जना र पीक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाको टोलीले ४८ दिनसम्म पहाड र आधार शिविरमा फोहोर संकलन गरेको थियो ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका मेजर गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण चुचुरोमा पुगेर फोहोर जम्मा गरेको थियो ।

संकलन गरिएको फोहोरमा १ हजार २ सय केजी बायोडिग्रेडेबल र २ हजार ४ सय केजी ननबायोडिग्रेडेबल रहेको टोलीले जनाएको छ । नारच्याङको अन्नपूर्ण युथ क्लबका प्रतिनिधिहरुको उपस्थितिमा भुसाकेतमा जैविक फोहोरको व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहोर प्रभु एयरको हेलिकप्टरमार्फत म्याग्दीको दानामा लगिएको थियो ।

अन्नपूर्ण आधार शिविरबाट दानामा ल्याइएको फोहोरलाई दानाका स्थानीय इन्द्रसिंह शेरचनले ट्रकमा राखेर काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको थियो ।

प्लाष्टिक, टिन, फलाम, सिसालगायत २४ सय किलो फोहोर काठमाडौं पठाइएको थियो ।

पर्वतारोहण अनुमति पाएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र त्यसको आधार शिविरमा सरसफाइ गरिएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

पर्वतारोही र पदयात्रीको चाप बढेसँगै पहाड र आधार शिविरमा फोहोरको थुप्रो थुप्रिएको छ,’ उनले भने, ‘प्रथम पटक नेपाली सेनाको टोलीले अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।

पोखरा महानगरपालिकाले सफा पहाड अभियानका लागि नेपाली सेनालाई १५ लाख रुपैयाँ सहयोग गरेको थियो । नेपाली सेनाले अन्नपूर्ण हिमाल, सगरमाथा, ल्होत्से र बरुँचे हिमालमा ‘स्वच्छ हिमाल अभियान–२०२३’ सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशमा अवस्थित ८ हजार मिटर अग्लो धवलागिरी र मनास्लु हिमाल यसअघि सरसफाइ गरिएको थियो । पहाडमा फाल्ने फोहोरले वातावरणीय असन्तुलन र गलत सन्देश गएको भन्दै सेनाले अभियान चलाएको हो ।

सन् २०१९ देखि अभियान थालेको नेपाली सेनाले गत वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा चुचुरोबाट ७ हजार १५७ किलोग्राम बायोडिग्रेडेबल फोहोर निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 May 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित