अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन

अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन : Icon Khabar

म्याग्दी, वैशाख २७ । म्याग्दीको अन्नपूर्ण हिमालबाट तीन हजार ६०० किलो फोहोर सङ्कलन भएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालित हिमाल सफाइ अभियानअन्तर्गत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो ।

८ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्दछ । नेपाली सेनाका १० जना र पीक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाको टोलीले ४८ दिनसम्म पहाड र आधार शिविरमा फोहोर संकलन गरेको थियो ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका मेजर गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण चुचुरोमा पुगेर फोहोर जम्मा गरेको थियो ।

संकलन गरिएको फोहोरमा १ हजार २ सय केजी बायोडिग्रेडेबल र २ हजार ४ सय केजी ननबायोडिग्रेडेबल रहेको टोलीले जनाएको छ । नारच्याङको अन्नपूर्ण युथ क्लबका प्रतिनिधिहरुको उपस्थितिमा भुसाकेतमा जैविक फोहोरको व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहोर प्रभु एयरको हेलिकप्टरमार्फत म्याग्दीको दानामा लगिएको थियो ।

अन्नपूर्ण आधार शिविरबाट दानामा ल्याइएको फोहोरलाई दानाका स्थानीय इन्द्रसिंह शेरचनले ट्रकमा राखेर काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको थियो ।

प्लाष्टिक, टिन, फलाम, सिसालगायत २४ सय किलो फोहोर काठमाडौं पठाइएको थियो ।

पर्वतारोहण अनुमति पाएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र त्यसको आधार शिविरमा सरसफाइ गरिएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

पर्वतारोही र पदयात्रीको चाप बढेसँगै पहाड र आधार शिविरमा फोहोरको थुप्रो थुप्रिएको छ,’ उनले भने, ‘प्रथम पटक नेपाली सेनाको टोलीले अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।

पोखरा महानगरपालिकाले सफा पहाड अभियानका लागि नेपाली सेनालाई १५ लाख रुपैयाँ सहयोग गरेको थियो । नेपाली सेनाले अन्नपूर्ण हिमाल, सगरमाथा, ल्होत्से र बरुँचे हिमालमा ‘स्वच्छ हिमाल अभियान–२०२३’ सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशमा अवस्थित ८ हजार मिटर अग्लो धवलागिरी र मनास्लु हिमाल यसअघि सरसफाइ गरिएको थियो । पहाडमा फाल्ने फोहोरले वातावरणीय असन्तुलन र गलत सन्देश गएको भन्दै सेनाले अभियान चलाएको हो ।

सन् २०१९ देखि अभियान थालेको नेपाली सेनाले गत वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा चुचुरोबाट ७ हजार १५७ किलोग्राम बायोडिग्रेडेबल फोहोर निकालेको थियो ।

Published Date: 10 May 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ