प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टिको अवरोध

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टिको अवरोध : Icon Khabar

काठमाडौं, वैशाख २७ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेको छ । बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेट पूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए।

उनले आफ्नो कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको विरोधका बाबजुद शून्य समयका लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराए ।

लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो । यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 May 2023
Website | + posts