सत्तारुढ दलको बैठक आज ३ बजे बालुवाटारमा बस्दै

सत्तारुढ दलको बैठक आज ३ बजे बालुवाटारमा बस्दै : Icon Khabar

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलको बैठक आज बोलाएका छन् ।

दिउँसो ३ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी बैठकमा हालको गठबन्धनमा रहेका सबै राजनीतिक दललाई जोडेर मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुनेछ ।

Published Date: 03 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक