मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु : Icon Khabar

मेक्सिको सिटी, माघ १२ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण सलामान्का शहरको छिमेकमा भएको हो ।

मेयर कार्यालयद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकायले अपरेसन सुरु गरेको जनाइएको छ । विज्ञप्तिअनुसार घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । गोली लागेर घाइते भएका १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो । ग्वानाजुआतो औद्योगिक रूपमा समृद्ध र लोकप्रिय पर्यटन गन्तव्य भए पनि सामूहिक हिंसाका घटनाका कारण मेक्सिकोको सबैभन्दा घातक राज्यका रूपमा चिनिँदै आएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकयताकै न्यून स्तरमा झरेको दाबी गरेकी थिइन् । तर हाल पनि मेक्सिकोको हत्या दर अन्य देशको तुलनामा उच्च नै रहेको बताइन्छ । – रासस/एएफपी

Published Date: 26 January 2026
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो