तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा : Icon Khabar

तनहुँ, फागुन २२ । दमौलीस्थित तनहुँ क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले उल्लेखनीय मतसहित अग्रस्थानमा रहेका छन्।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार हालसम्मको मतगणनामा स्वर्णिम वाग्लेले १ हजार ३५२ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५९० मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनाले तनहुँ–१ मा मुख्य प्रतिस्पर्धा रास्वपा र नेपाली कांग्रेसबीच देखिएको संकेत गरेको छ।

Published Date: 06 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय