काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि, प्रारम्भिक मतपरिणामले देखायो नयाँ राजनीतिक संकेत

काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि, प्रारम्भिक मतपरिणामले देखायो नयाँ राजनीतिक संकेत : Icon Khabar

काठमाडौं, फागुन २२ । काठमाडौंका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको प्रारम्भिक परिणामले देखाएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार काठमाडौंका धेरै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्।

काठमाडौं क्षेत्र नं. १० मा रास्वपाका प्रदीप विष्टले २,५५१ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले) का विनोद श्रेष्ठले २८६ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन्।

काठमाडौं–९ मा पनि रास्वपाले सुरुआती अग्रता बनाएको छ। हालसम्म गनिएका २,२४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले ४,२३४ मत पाएका छन्। नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्।

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ३,२९० मतसहित अगाडि छन्। नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र एमालेका राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन्।

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीले १,४८१ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२ र नेकपाका वसन्तप्रसाद मानन्धरले २०८ मत ल्याएका छन्।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु न्यौपाने ३,१२९ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले १,६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र एमालेका मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन्।

काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले ४२४ मत ल्याएर अग्रता लिएका छन्। एमालेका मणिराम फुँयालले २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन्।

काठमाडौं–३ मा सुरुमा अग्रता लिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई रास्वपाका राजुनाथ पाण्डेले उछिनेका छन्। पछिल्लो मतगणनाअनुसार पाण्डेले २,९६० मत प्राप्त गरेका छन् भने घिसिङले २,७०६ मत ल्याएका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले १,०११ र एमालेका रामेश्वर फुँयालले ६९४ मत पाएका छन्।

निर्वाचन आयोगले बिहान ४:३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौं–४ मा रास्वपाका पुकार बमले ८६५, एमालेका राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन्।

त्यस्तै काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल १,४२४ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, एमालेका ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन्।

काठमाडौंका अधिकांश क्षेत्रमा प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता देखिएसँगै चुनावी परिणामले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।

Published Date: 06 March 2026
ताजा
काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि, प्रारम्भिक मतपरिणामले देखायो नयाँ राजनीतिक संकेत
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाहको सनसनीपूर्ण अग्रता, ओली दोस्रो स्थानमा
भक्तपुर–२ मा राजीव खत्री अग्रस्थानमा, महेश बस्नेत २०० मतले पछि


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो