अर्थमन्त्री महतद्वारा आफ्नो टोली विस्तार गर्दै, तीन आर्थिक सल्लाहकार नियुक्त

अर्थमन्त्री महतद्वारा आफ्नो टोली विस्तार गर्दै, तीन आर्थिक सल्लाहकार नियुक्त : Icon Khabar

काठमाडौं, वैशाख ८ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो टोली विस्तार गरेका छन् ।

महतले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । उनको सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेसका नेता डा विश्व पौडेल, अर्थविद् डा पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई नियुक्त गरिएको छ ।

चितवनमा भएको निर्वाचनमा अर्थशास्त्री पौडेल पराजित भएका थिए । पौडेल र पाण्डेलाई मानार्थ सल्लाहकारमा नियुक्त गरिएको छ ।

भट्ट नेपाल राष्ट्र बैंकबाट सल्लाहकारको भूमिकामा अर्थ मन्त्रालयमा आएका थिए । उनी केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख हुन् ।

मुलुकको अर्थतन्त्र धरासायी भइरहेका बेला अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि नयाँ टोली बनाएर अगाडि बढेका छन् ।

Published Date: 21 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक