अर्थमन्त्री महतद्वारा आफ्नो टोली विस्तार गर्दै, तीन आर्थिक सल्लाहकार नियुक्त

अर्थमन्त्री महतद्वारा आफ्नो टोली विस्तार गर्दै, तीन आर्थिक सल्लाहकार नियुक्त : Icon Khabar

काठमाडौं, वैशाख ८ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो टोली विस्तार गरेका छन् ।

महतले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । उनको सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेसका नेता डा विश्व पौडेल, अर्थविद् डा पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई नियुक्त गरिएको छ ।

चितवनमा भएको निर्वाचनमा अर्थशास्त्री पौडेल पराजित भएका थिए । पौडेल र पाण्डेलाई मानार्थ सल्लाहकारमा नियुक्त गरिएको छ ।

भट्ट नेपाल राष्ट्र बैंकबाट सल्लाहकारको भूमिकामा अर्थ मन्त्रालयमा आएका थिए । उनी केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख हुन् ।

मुलुकको अर्थतन्त्र धरासायी भइरहेका बेला अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि नयाँ टोली बनाएर अगाडि बढेका छन् ।

Published Date: 21 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास