बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय युवक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय युवक पक्राउ : Icon Khabar

पोखरा, चैत ५ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की बस्दै आएकी पीडित युवतीले यौन दुर्व्यवहार गरेको भन्दै उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । भिडियो धेरैले शेयर गरेपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रहरीले पीडित बालिकालाई अनुसन्धानका लागि सम्पर्क गरेको र पीडितले दिएको जानकारीका आधारमा बलात्कार गर्नेलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।

शनिबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । “टिकटकमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको कुरा धेरैले शेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,” डीएसपी विकले भने, “प्रहरीको सम्पर्कमा आएपछि घटनाबारे धेरै कुरा थाहा भयो ।

घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । बाल यौन दुर्व्यवहारको शिर्षकमा पीडितले आइतबार मात्र कास्की प्रहरीमा उजुरी दिएको डिएसपी विकले बताए । आफन्तले उजुरी दिएपछि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिइएको डीएसपी विकले बताए । प्रहरीका अनुसार अभियुक्त पनि कास्कीमा बस्छन् ।

Published Date: 19 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक