बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय युवक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय युवक पक्राउ : Icon Khabar

पोखरा, चैत ५ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की बस्दै आएकी पीडित युवतीले यौन दुर्व्यवहार गरेको भन्दै उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । भिडियो धेरैले शेयर गरेपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रहरीले पीडित बालिकालाई अनुसन्धानका लागि सम्पर्क गरेको र पीडितले दिएको जानकारीका आधारमा बलात्कार गर्नेलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।

शनिबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । “टिकटकमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको कुरा धेरैले शेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,” डीएसपी विकले भने, “प्रहरीको सम्पर्कमा आएपछि घटनाबारे धेरै कुरा थाहा भयो ।

घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । बाल यौन दुर्व्यवहारको शिर्षकमा पीडितले आइतबार मात्र कास्की प्रहरीमा उजुरी दिएको डिएसपी विकले बताए । आफन्तले उजुरी दिएपछि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिइएको डीएसपी विकले बताए । प्रहरीका अनुसार अभियुक्त पनि कास्कीमा बस्छन् ।

Published Date: 19 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास