तपाईलाई युरिक एसिडको समस्या छ ? यी खानेकुरा नखानुहोस

तपाईलाई युरिक एसिडको समस्या छ ? यी खानेकुरा नखानुहोस : Icon Khabar

काठमाडौँ, चैत ३ । मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधि, प्रोटिनयुक्त खाना, वंशाणुगत, थाइराइड र रगतको समस्याले गर्दा युरिक एसिड बढ्न सक्छ ।

हाम्रो शरीरमा देखापर्ने एक विकारयुक्त पदार्थलाई युरिक एसिड भनिन्छ । शरीरमा नष्ट हुने अवस्थामा पुगेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ । युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप युरिक एसिड (बाथ) (गाइट) हुन्छ ।

लक्षणहरू
१. जोर्नी दुख्ने
२. जोर्नी सुनिने
३. जोर्नी चलाउन नसकिने
४. ज्वरो आउने
५. मृगौलामा पत्थरी
६. दुखाइ राति सुतेको बेलामा धेरै हुन सक्छ आदि ।

सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ । त्यसैगरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ ।

समाधान गर्ने उपायहरू

चिसो बरफले जोर्नीलाई सेक्नुपर्छ ।
जोर्नीहरूलाई बढी प्रयोगमा नल्याउनु हुँदैन ।
प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ ।
रक्सी नखाने, औषधि प्रयोग नगर्ने ।
माछा–मासु कम खानुपर्छ ।
कफी, भिटामिन सी (अमला, काँक्रो, सुन्तला)  प्रशस्त खानुपर्छ ।
मोटोपन घटाउनु जरुरी छ ।
नियमित किड्नीको परीक्षण गराउनुपर्छ ।
गेडागुडी कम खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

Published Date: 17 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु