तपाईलाई युरिक एसिडको समस्या छ ? यी खानेकुरा नखानुहोस

तपाईलाई युरिक एसिडको समस्या छ ? यी खानेकुरा नखानुहोस : Icon Khabar

काठमाडौँ, चैत ३ । मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधि, प्रोटिनयुक्त खाना, वंशाणुगत, थाइराइड र रगतको समस्याले गर्दा युरिक एसिड बढ्न सक्छ ।

हाम्रो शरीरमा देखापर्ने एक विकारयुक्त पदार्थलाई युरिक एसिड भनिन्छ । शरीरमा नष्ट हुने अवस्थामा पुगेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ । युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप युरिक एसिड (बाथ) (गाइट) हुन्छ ।

लक्षणहरू
१. जोर्नी दुख्ने
२. जोर्नी सुनिने
३. जोर्नी चलाउन नसकिने
४. ज्वरो आउने
५. मृगौलामा पत्थरी
६. दुखाइ राति सुतेको बेलामा धेरै हुन सक्छ आदि ।

सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ । त्यसैगरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ ।

समाधान गर्ने उपायहरू

चिसो बरफले जोर्नीलाई सेक्नुपर्छ ।
जोर्नीहरूलाई बढी प्रयोगमा नल्याउनु हुँदैन ।
प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ ।
रक्सी नखाने, औषधि प्रयोग नगर्ने ।
माछा–मासु कम खानुपर्छ ।
कफी, भिटामिन सी (अमला, काँक्रो, सुन्तला)  प्रशस्त खानुपर्छ ।
मोटोपन घटाउनु जरुरी छ ।
नियमित किड्नीको परीक्षण गराउनुपर्छ ।
गेडागुडी कम खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
1
Published Date: 17 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन