सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान

सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान : Icon Khabar

सप्तरी, चैत २ । सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान भएका छन् ।

छिन्नमस्ता गाउँपालिका–२ का २४ वर्षीय सुरेन्द्र खाङलाई जिल्ला अदालत सप्तरीको आदेशले जेल चलान गरिएको छ ।

मञ्जुदेवी खाङको उजुरी अनुसार २०७६ पुष ९ गते जिल्ला अदालत सप्तरीले बहुविवाह गरेको अभियोगमा एक वर्ष दुई महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।

उनलाई फागुन ३० गते पक्राउ गरी भोलिपल्ट जिल्ला अदालतमा हाजिर गरी कैद भुक्तानका लागि जिल्ला कारागार राजविराज पठाइएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास