सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान

सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान : Icon Khabar

सप्तरी, चैत २ । सप्तरीमा बहुविवाह गर्ने एक व्यक्ति जेल चलान भएका छन् ।

छिन्नमस्ता गाउँपालिका–२ का २४ वर्षीय सुरेन्द्र खाङलाई जिल्ला अदालत सप्तरीको आदेशले जेल चलान गरिएको छ ।

मञ्जुदेवी खाङको उजुरी अनुसार २०७६ पुष ९ गते जिल्ला अदालत सप्तरीले बहुविवाह गरेको अभियोगमा एक वर्ष दुई महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।

उनलाई फागुन ३० गते पक्राउ गरी भोलिपल्ट जिल्ला अदालतमा हाजिर गरी कैद भुक्तानका लागि जिल्ला कारागार राजविराज पठाइएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

Published Date: 16 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक