अवैध लागूऔषध र नक्कली नोटसहित दाजुभाई पक्राउ

अवैध लागूऔषध र नक्कली नोटसहित दाजुभाई पक्राउ : Icon Khabar

झापा, चैत २ । बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 16 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय