सहज बन्दै विदेशी मुद्रा सञ्चिति

सहज बन्दै विदेशी मुद्रा सञ्चिति : Icon Khabar

काठमाठौं, फागुन २९ । सरकारले आयातमा कडाइ सुरु गरेयता विदेशी मुद्राको ढुकुटी बढ्न थालेको छ । वैशाखदेखि पुस मसान्तसम्म आयातमा गरिएको कडाइ तथा राष्ट्र बैंकले कर्जा विस्तारमा कस्ने नीति लिएपछि त्यसको प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको हो ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकसँग १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा डलर सञ्चिति छ । यो रकम चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा १० महिना २४ दिनको वस्तु आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ । त्यस्तै यो सञ्चितिबाट नौ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ ।

राष्ट्र बैङ्कका अनुसार गत असार मसान्तको तुलनामा माघसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति ९६ करोड डलरले बढेको छ । असार मसान्तसम्म मुलुकसँग नौ अर्ब ५४ करोड डलर सञ्चिति थियो ।

पछिल्ला केही महिनायता सञ्चितिमा आएको यस्तो सुधारले विदेशी मुद्रा सहज बन्दै गएको छ । अहिले रहेको कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग नेपाली मुद्रामा १२ खर्ब २८ अर्ब रुपियाँ छ भने बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब रुपियाँ रहेको छ ।

Published Date: 13 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता