सहज बन्दै विदेशी मुद्रा सञ्चिति

सहज बन्दै विदेशी मुद्रा सञ्चिति : Icon Khabar

काठमाठौं, फागुन २९ । सरकारले आयातमा कडाइ सुरु गरेयता विदेशी मुद्राको ढुकुटी बढ्न थालेको छ । वैशाखदेखि पुस मसान्तसम्म आयातमा गरिएको कडाइ तथा राष्ट्र बैंकले कर्जा विस्तारमा कस्ने नीति लिएपछि त्यसको प्रभाव विदेशी विनिमय सञ्चितिमा परेको हो ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकसँग १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा डलर सञ्चिति छ । यो रकम चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा १० महिना २४ दिनको वस्तु आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ । त्यस्तै यो सञ्चितिबाट नौ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ ।

राष्ट्र बैङ्कका अनुसार गत असार मसान्तको तुलनामा माघसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति ९६ करोड डलरले बढेको छ । असार मसान्तसम्म मुलुकसँग नौ अर्ब ५४ करोड डलर सञ्चिति थियो ।

पछिल्ला केही महिनायता सञ्चितिमा आएको यस्तो सुधारले विदेशी मुद्रा सहज बन्दै गएको छ । अहिले रहेको कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग नेपाली मुद्रामा १२ खर्ब २८ अर्ब रुपियाँ छ भने बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब रुपियाँ रहेको छ ।

Published Date: 13 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक