एमबाप्पेको निर्णायक गोलमा पिएसजीको रोमाञ्चक जित

एमबाप्पेको निर्णायक गोलमा पिएसजीको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, फागुन २८ । पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानमा रोमाञ्चक जित हात पारेको छ । गएराति पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पिएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले एक/एक गोल गरे । स्टार्सवर्गले उपहार गोल पायो ।

पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

तर, पिएसजीको अग्रता लामो समय टिकेन । ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि ११ अंकको अग्रता कायम गरेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts