एमबाप्पेको निर्णायक गोलमा पिएसजीको रोमाञ्चक जित

एमबाप्पेको निर्णायक गोलमा पिएसजीको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, फागुन २८ । पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानमा रोमाञ्चक जित हात पारेको छ । गएराति पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पिएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको हो । पिएसजीको जितमा मार्किन्हस र केलियन एमबाप्पेले एक/एक गोल गरे । स्टार्सवर्गले उपहार गोल पायो ।

पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । ब्रेस्टमा शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

तर, पिएसजीको अग्रता लामो समय टिकेन । ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि ११ अंकको अग्रता कायम गरेको छ । मार्सेले एक खेल कम खेलेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास