सोमबार नेप्से परिसूचक ३८.१९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ३८.१९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख २८ । साताको पहिलो कारोबार दिन सेयरबजारमा चमक आएको छ । सोमबार नेप्से ३८.१९ अंकले बढेर २ हजार ७८३.८५ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३३२ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये २४७ कम्पनीका सेयरमूल्य बढेका छन् भने १८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर ४ अर्ब ६१ करोड ३५ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छ । आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै अन्य समूहको परिसूचक २.११ प्रतिशतले बढेको छ । फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था, कुमारी धनवृद्धि योजना तथा दोल्ती पावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने त्रिशुली जलविद्युत कम्पनी, एनएमवी बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा लक्ष्मी बैंकका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 11 May 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग