टर्किस एयरलाइन्सले भन्यो- प्रारम्भिक अनुसन्धानबाट विमानको हाइड्रोलिक पाइपमा खराबी देखियो

टर्किस एयरलाइन्सले भन्यो- प्रारम्भिक अनुसन्धानबाट विमानको हाइड्रोलिक पाइपमा खराबी देखियो : Icon Khabar

काठमाडौँ, वैशाख २८ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको उडान टीके–७२६ मा अवतरणपछि धुवाँ देखिएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा विमानबाट बाहिर निकालिएको थियो ।

यस घटनाको प्रारम्भिक अनुसन्धानले विमानको हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण धुवाँ उत्पन्न भएको जनाएको छ ।
विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको (टायर अन फायर) थियो। उक्त आगो विमानस्थलमा रहेको रेस्क्यू एन्ड फायर फाइटीङ जिभिजनले नियन्त्रणमा लिएको थियो ।

टर्किस एयरलाइन्सका प्रवक्ता यह्या उस्तुनले सामाजिक सञ्जाल एक्समार्फत् दिएको जानकारीमा उद्धार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको बताएका छन्।

Published Date: 11 May 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग